June 16, 2020

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

kuti-gau_20200616002125

२०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्‍यै छ।’

उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ। लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ। छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ। त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ। यसको बीचमा हिउँले नै ओम लेखिएको छ।

 

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ। भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन्। भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ। काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ। त्यहाँ बंकर छ। हेलिकप्टर बस्ने ठाउँ छ। जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ।

कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ। त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ। गुन्जी र नाबी दुवै स्थानमा भारती सेना छ। काली नदीको किरानैकिनार उत्तर-पश्चिम कुटी गाउँ छ। नेपाल भारतको सिमाना काली नदी छ। त्यसको उदम लिम्पियाधुरा हो। कालीको उद्म लिम्पियाधुरा मानेर नेपालले हालै नयाँ नक्सा जारी गरेको छ।

नेपालले संविधान संशोधनमार्फत बल्ल नक्सामा समेटेको यो इलाकाको भौगलिक अवस्था कस्तो छ ? त्यहाँ कुन समुदाय बस्छन् ? यी सबै चासोका विषय हुन्। नेपालको पश्चिमोत्तर सीमा क्षेत्रमा रहेको यो भूभाग दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ। यो भूभाग भारतले १ सय ४० वर्षदेखि अतिक्रमण गर्दै आएको छ।

रतन भण्डारीको पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक’ मा उल्लेख गरिएअनुसार महाकालीको सिरानीमा अवस्थित १२ व्यास सन् १८१६ को सुगौली सन्धिअघि नेपालको भूभाग थियो। १२ वटा गाउँ रहेकोले यस क्षेत्रलाई त्यतिबेला १२ ब्यास भनिन्थ्यो। सुगौली सन्धिले १२ व्यासलाई नेपाल र भारत दुईतिर विभाजित गर्‍यो। व्यास क्षेत्र विभाजन हुँदा महाकालीवारिका कुटी, नावी, गुन्जी, छाँगरु, ऋषिगाउँ, तिङकरलगायत ६ गाउँ नेपालतिर र बाँकी ६ गाउँ भारततिर परेका थिए।

यो सौका समुदायको थाकथलो हो। सौका समुदाय सीमान्तकृत जाति हो।

यस जातिलाई क्षेत्री बाहुनले ‘व्यासी सौका’ तथा तिब्बतीले ‘ज्याङ्बा’ भन्छन्। व्यासी समुदायको मौलिक परम्परा र भेषभूषा छ। व्यासी समुदायमा भगवान् शिव र व्यासीऋषिको पूजाआजा गर्ने चलन छ। व्यासी समुदायले व्यास ऋषिलाई कुलगुरु र शिवलाई कुलदेवता मान्छन्।

व्यासको जन्मजयन्तीका दिन काली नदीको किरानामा रहेको मनिलास्थित व्यास मन्दिरमा धूमधामसँग पूजा गर्ने चलन उनीहरूको छ। उनीहरूको मुख्य पेसा व्यापार हो। तिब्बतको ताक्लाकोट, भारतको धार्चुला, पिथौरागढ, झुलाभाट, दार्चुला सदरमुकाम, बझाङको चैनपुर उनीहरूका व्यापारिक केन्द्र हुन्। विगतमा उत्तरी क्षेत्रमा व्यापार गर्ने ठूला व्यापारी सौका रहेको ऐतिहासिक तथ्यले देखाउँछ।

त्यो भूभागमा ६ महिना मात्रै मानिसको बसोबास हुन्छ। हिउँदमा जाडो छल्न तल्लो भूभागमा सर्छन्। छाङरु र तिंकरका सौका दार्चुलाको सदरमुकाम आउँछन्। अतिक्रमित भूमि कालीनदी पूर्व र लिपुखोला पश्चिममा तीन गाउँकुटी, नावी र गुञ्जीका सौका भने भारतको धार्चुलाका भूमि जान्छन्। अतिक्रमित भूमिमा करिब ३ हजारको बसोबास रहेको पत्रकार महासंघ, दार्चुलाका अध्यक्ष शंकरसिंह धामी बताउँछन्। ‘यथार्थ तथ्यांक त छैन् तर ३ हजार जति छन् भन्ने ठानिन्छ’, उनले भने।

गर्मी सुरु भएपछि उनीहरू व्यास फर्कन्छन्। यसरी बसाइँ सर्नुलाई ‘कुन्चा’ जानु भन्ने गरिन्छ। लिम्पियाधुरा अतिक्रमणबारे पुस्तक लेखेका अध्येता भण्डारी प्राचीन लिखतमा व्यासी सौकाको थर नभेटिएको बताउँछन्। राणाकालीन लालमोहर, इस्तिहार र सनदमा व्यासीलाई बूढी क्षेत्री भनिएको उनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत