June 14, 2020

नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो 

 काठमाडौँ । नेपालमा अर्का कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत पुरुषको गएराति मृत्यु भएको रेसुङ्गा–९ का वडाध्यक्ष नारायण सुनारले बताए ।

उनले भने “उहाँ २०–२२ दिनदेखि हाम्रै सम्पर्कमा हुनुहुन्थ्यो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि उहाँलाई तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका थियौँ । तर उहाँलाई बँचाउन सकेनौँ ।”

धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी मृतक ३६ वर्षीय ती पुरुषलाई आन्द्राको क्यान्सर रहेको स्वास्थ्यकर्मीलाई उदृत गर्दै वडाध्यक्ष सुनारले बताए। उनी भारतबाट आएर धुर्कोट क्वारेन्टिनमा बसेका थिए।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृतकको शवलाई शनिबार राति नै नेपाली सेनाले व्यवस्थापन गरेको छ।

यसअघि पनि गुल्मीमा कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि