June 14, 2020

नेपालमा अर्का कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो 

 काठमाडौँ । नेपालमा अर्का कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत पुरुषको गएराति मृत्यु भएको रेसुङ्गा–९ का वडाध्यक्ष नारायण सुनारले बताए ।

उनले भने “उहाँ २०–२२ दिनदेखि हाम्रै सम्पर्कमा हुनुहुन्थ्यो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि उहाँलाई तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका थियौँ । तर उहाँलाई बँचाउन सकेनौँ ।”

धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी मृतक ३६ वर्षीय ती पुरुषलाई आन्द्राको क्यान्सर रहेको स्वास्थ्यकर्मीलाई उदृत गर्दै वडाध्यक्ष सुनारले बताए। उनी भारतबाट आएर धुर्कोट क्वारेन्टिनमा बसेका थिए।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृतकको शवलाई शनिबार राति नै नेपाली सेनाले व्यवस्थापन गरेको छ।

यसअघि पनि गुल्मीमा कोरोना संक्रमणबाट एक शिक्षकको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद