कतारबाट नेपाल फर्कन चाहनेले यसरी भर्नुहोस् फाराम

जेठ २३, दोहा : कोराना भाइरस कोभिड-१९ का कारण कतार आइडी वा भिसा समाप्त भएका तथा आइडी रद्द भएर रोजगारी गुमाए बार्षिक बेतनी बिदा भएको र करार अबदी सकिएर नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न कतार स्थित नेपाली दूताबासले आग्रह गरेको छ ।

 दूताबासले दिएको जानकारी अनुसार सुत्केरी र गर्भवती महिला तथा आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने, भिजिट वा बिजनेश भिसामा भएकाहरुले नेपाल फर्किन फर्ने भए फाराम नभरी दूताबासले तोकेको सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।कतारबाट नेपाल फर्कनको लागि लाग्ने हवाइ उडान खर्च, होटल क्वारेन्टिन खर्च, यातायात खर्च लगायत सम्पूर्ण खर्च आफै व्यहोनु पार्ने छ भने नेपाल सरकारले नेपाल फर्कनका लागि तय गरेका शर्तहरु सबै पालना गर्नुपर्ने दूताबासले जनाएको छ ।

नेपाल फर्किनु अघि रोजगारदाताबाट नियमानुसार पाउनुपर्ने सेवासुविधा लिईसकेको हुनु पार्ने छ साथै कतारमा कुनै मुद्दा मामिला नभएको हुनुपर्ने दूताबासले जनाएको छ । दूताबासले यस अघि समस्यामा परेर नेपाल फर्किन चाहानेहरुका लागि जारी गरेको फाराम मार्फत बिहिबारसम्म ८ हजार ३ सय ५० जनाले फाराम भरिसकेको सचिव भट्टराईले बताए ।

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले ब्यापक गुनासो गरेसंगै नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको र पछि जानकारी गराइने दूताबासले जनाएको छ । नेपाल जान चाहनेहरुले तलको लिंकमा क्लिक गरी अनलाईन फारम भर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद