
जेठ १५, काठमाडौं । सरकारले भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रालाई उपत्यकाको अन्य शहरमा विस्तार गर्ने भएको छ । काठमाडौँको मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न उपत्यकाको अन्य शहरमा यसरी रात्रिकालीन सम्पदा यात्रा विस्तार गर्न लागिएको हो ।
सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय संस्कृति सङ्ग्रहालय कीर्तिपुरको निर्माण कार्य अघि बढाइने बताए । उनका अनुसार सरकारले उपयुक्त स्थानमा राष्ट्रियस्तरका बृहत् शहीद पार्क निर्माण शुरु गर्ने तथा विश्वसम्पदा सूचीमा परेको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नेछ ।
सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै आवमा लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभाहलको निर्माण सम्पन्न गरिने उनले बजेटमा उल्लेख गरेका छन्।
सरकारले आगामी वर्ष तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउने भएको छ । जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ ।
देवघाट, पाथीभरा, रुरु, खप्तड क्षेत्र, बराह क्षेत्र, काँक्रेविहार, हलेसी गौरीशङ्कर लगायतको धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए। रामायण परिपथ निर्माणको काम शुरुआत गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको जगेर्नाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्नसमेत बजेट व्यवस्था गरिएको छ ।
साहित्य कला, सङ्गीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्यमान्यताको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यको सञ्चालनका लागि नेपाल प्रज्ञा– प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा
वैशाख ९, २०८३,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘बिचौलिया’ प्रवेश गरी कर्मचारीलाई काम