
प जेठ ७, काठमाडाैं। फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन्।
बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो। उक्त वृतमा २ सय १४ जना प्रहरी कर्मचारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सङ्क्रमित भेटिएपनी वृतमा उच्च साबधानी अपनाइएको छ।
नेपाल प्रहरीका प्रवक्ता निरज शाहिका अनुसार काठमाडौंमा २ जना, कपिलवस्तुमा २ जना, बारामा १ जना र धनकुटामा १ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो। कार्यालयहरुमा कोरोना पुष्टि भएपछि हेडक्वाटरले प्रोटोगल अनुसार सुरक्षा अपनाउन सबै कार्यालयहरुलाई आग्रह गरेको प्रवक्ता शहिले बताए।
उनले भने, ‘हामिले सक्दो पिपिई र मास्क पठाइसकेका छौं, ‘खाना खादा वा ड्युटी गर्दा आफ्नो जोखिम ख्याल गर्न सबै प्रहरीलाई भनेका छौँ, यति गर्दा पनि भयो भने क्वारेन्टाइनमा राख्छौं।’
उनले सङ्क्रमित प्रहरीलाई राख्नका लागी क्वारेन्टाइन र आइसुलेसन तयार भएकाले त्यही राख्न सकिने बताए। जोखिम बढेपछि बिदा बसेर वा सरुवा भएर आएका प्रहरीलाई आआफ्नो कार्यालयको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ। अहिले ५० जना हाराहारी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि