जेठ ४,काठमाडौं : काभ्रे प्रहरीले ५० भारतीय मजदुरलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकको जल्किनी भन्ने ठाउँबाट आएका ५० भारतीय मजदुरलाई धुलिखेलमा नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।
भारतको झारखण्डस्थित दुम्का जिल्ला घर बताउने ५० मजदुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । उनले भने, “खाद्यान्न ढुवानी गर्ने कन्टेनरले ५० भारतीय मजदुरलाई धुलिखेल ल्याएर छाडेर भागेको रहेछ, हामीले कन्टेनर, कन्टेनर चालक, तथा ५० भारतीय मजुरलाई नै नियन्त्रणमा लिएर धुलिखेलस्थित खुला चउरमा सामाजिक दूरी कायम गरेर राखेका छौं ।”
नियन्त्रणमा लिएका भारतीय मजदुरलाई सिन्धुपाल्चोकमा उनीहरूले काम गर्ने ठाउँमै लगेर राख्ने विषयमा सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको उनले बताए ।
५० भारतीय नै सिन्धुपाल्चोकको जल्किनी भन्ने स्थानमा विद्युत् ट्रान्समिसन लाइन बनाउने मजदुर रहेको डीएसपी थापाले बताए । उनीहरूले आफूसँग भएको खानेकुरा तथा खाना पकाउने भाडाँकुँडा पनि साथै लिएर आएका छन् । कन्टेनरले हिँडेर आउँदै गरेका मजदुरलाई बाटोमा भेटेपछि चढाएर ल्याएको प्रारम्भिक जानकारी आएको उनले बताए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि