लकडाउन उल्लंघन गर्दै धुलिखेल आइपुगेका ५० भारतीय मजदुर प्रहरीको नियन्त्रणमा

जेठ ४,काठमाडौं : काभ्रे प्रहरीले ५० भारतीय मजदुरलाई नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकको जल्किनी भन्ने ठाउँबाट आएका ५० भारतीय मजदुरलाई धुलिखेलमा नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।

kantener_Makalu

भारतको झारखण्डस्थित दुम्का जिल्ला घर बताउने ५० मजदुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । उनले भने, “खाद्यान्न ढुवानी गर्ने कन्टेनरले ५० भारतीय मजदुरलाई धुलिखेल ल्याएर छाडेर भागेको रहेछ, हामीले कन्टेनर, कन्टेनर चालक, तथा ५० भारतीय मजुरलाई नै नियन्त्रणमा लिएर धुलिखेलस्थित खुला चउरमा सामाजिक दूरी कायम गरेर राखेका छौं ।” 

नियन्त्रणमा लिएका भारतीय मजदुरलाई सिन्धुपाल्चोकमा उनीहरूले काम गर्ने ठाउँमै लगेर राख्ने विषयमा सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको उनले बताए । 

५० भारतीय नै सिन्धुपाल्चोकको जल्किनी भन्ने स्थानमा विद्युत् ट्रान्समिसन लाइन बनाउने मजदुर रहेको डीएसपी थापाले बताए । उनीहरूले आफूसँग भएको खानेकुरा तथा खाना पकाउने भाडाँकुँडा पनि साथै लिएर आएका छन् । कन्टेनरले हिँडेर आउँदै गरेका मजदुरलाई बाटोमा भेटेपछि चढाएर ल्याएको प्रारम्भिक जानकारी आएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद