लकडाउन जेठ अन्तिमसम्मै लम्ब्याउने सरकारको तयारी

जेठ ४ , काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे बहस भइरहेको थियो ।

तर, शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारीमा जुटेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ ।

“लकडाउनको अहिलेकै मोडललाई यथावत राख्ने कि, आर्थिक क्रियाकलाप गर्न दिइने भनेर बहस भइरहेको थियो । तर, कोरोना सङ्क्रमणका केस बढ्न थालेपछि लकडाउन यथावत राख्नुको विकल्प छैन,” उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने ।

यद्यपि यसबारे साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।

“आज दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । त्यहाँ लकडाउनका विषय छलफल हुनेछ । प्राप्त सुझावहरूका आधारमा मन्त्रिपरिषद्ब बैठकले निर्णय लिनेछ,” मन्त्रीको भनाइ छ ।

शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो ।  विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएको थियो । जनस्वास्थकर्मीहरूले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।

“पछिल्लो अवस्थालाई विश्लेषण गर्दा लकडाउनलाई थप कडाइ गर्नुपर्ने देखिएको छ,” मन्त्रीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद