जेठ १, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा राखेर नाक कान घाँटीको उपचार भइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो। ती बालिकालाई बिहीबार बिहान कोरोना पुष्टि भएको थियो। कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको थियो। स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको विवरणमा दुई संक्रमितमध्ये एकजना ती बालिका थिइन्। बिहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे बताइएको थियो। उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ। यस्तै न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद