जेठ १, २०७७ काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालको न्यूरो वार्डमा राखेर नाक कान घाँटीको उपचार भइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकाको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो। ती बालिकालाई बिहीबार बिहान कोरोना पुष्टि भएको थियो। कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको थियो। स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको विवरणमा दुई संक्रमितमध्ये एकजना ती बालिका थिइन्। बिहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे बताइएको थियो। उनको उपचारमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ। यस्तै न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि