April 19, 2020

आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा रुद्र सुवेदीले लेखेका छन् । 

स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर श्रेष्ठले दिएको जानकारी अनुसार शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशनको आईसियुमा उपचारको लागि भर्ना भएका बर्दिया बढैयाताल–३ का ४२ वर्षिय ईस्राईल बेहना र शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर–५ चपरगौरीकी ३२ वर्षिया शान्ता शर्माको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर