March 30, 2020

किन जङ्गिय प्रधानमन्त्री स्वास्थ्य मन्त्रीसँँग?

चैत १७, काठमाडौं। आइतबार विहान चीनको ग्वाङझायोबाट कोरोना भाइरस (कोभिड१९) को रोगथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री र स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठबीचको विवादलाई लिएर प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग स्पष्टिकरण लिएका छन्।

मन्त्रिपरिषद स्रोतका अनुसार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सचिव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशकबीच भनाभन भएको समाचार संचारमाध्यममा आएको सो विषयमा स्वास्थ्यमन्त्री ढकालसँग स्पष्टिकरण सोधेका थिए।

केही दिन अगाडि स्वास्थ्य मन्त्री ढकालकै अगाडि स्वास्थ्य सचिव र डिजीबीच भनाभन भएको समाचार सार्वजनिक भएको थियो। स्रोतका अनुसार गत शुक्रबार स्वास्थ्य सचिव कोइरालाले महानिर्देशक श्रेष्ठलाई ‘तँ’ भनेर सम्वोधन गरेपछि दुवैबीच झण्डै हात हालाहाल भएको थियो।

सो विषयमा संचारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति चासो राखेका थिए। यसैगरी चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीमा नेपाली व्यापारीले ल्याएका सबै सामाग्री सरकारले लिने किन्ने निर्णय गरिएको थियो।

नेपाली व्यापारीले ल्याएका स्वास्थ्य सामाग्री महंगोदरमा किनेको भन्दै सरकारको आलोचना भइरकेको अवस्थामा सो विषयमा पनि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीसँग चासो राखेका थिए।

‘स्वास्थ्य सचिव र डिजीबीचको झगडाका विषयमा के भएको हो। किन र के कारणले विवाद उत्पन्न भनेर प्रधानमन्त्रीज्यू जंगिनु भयो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘जवाफमा स्वास्थ्यमन्त्री ढकालले सचिव र डिजीबीचको विवादलाई साम्य बनाउन मन्त्रीस्तरीय निर्णय गर्नुपरेको बताउनु भयो।’

सचिव र डिजीबीचको झगडा सुल्झाउन मन्त्रीस्तरीय निर्णय गर्नु परेको बताएपनि प्रधानमन्त्री ओली झन जंगिँदै को हो डिजी, डिजीको कुरा लिएर क्याबिनेटमा आउने? भन्दै आक्रोशित भएका थिए। ‘नीनिगत विषय छलफल गर्ने ठाउँमा डिजीको कुरा लिएर आउने को हो डिजी,’ भन्दै प्रधानमन्त्री ओली जंगिएपछि स्वास्थ्यमन्त्री ढकाल अल्मलिएका थिए।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले चैत १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो। लकडाउनलाई जनस्तरबाट समेत समर्थन प्राप्त भएको छ।

एक साताका लागि घोषणा गरिएको लकडाउनको समयावधि सकिनै लाग्दा आइतबार कोरोना भाइरस रोगथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसको थियो।

बैठकले लकडाउनको समयावधि थप गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि लगत्तै बसेको मन्त्रिपरिषद बैठक चार घण्टासम्म लम्बिएको थियो।

बैठकमा कोरोना प्रकोपको न्युनिकरण कसरी गर्ने, के–के राहत ल्याउने भन्ने विषयमा धेरै छलफल भएको थियो।
आइतबारको बैठकले लकडाउनको समयावधि आठ दिन लम्ब्याउने र अन्य राहतका प्याकेज घोषणा पनि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

मालपोत कार्यालय भक्तपुरबाट ११ जना ‘बिचौलिया’ पक्राउ

वैशाख ९, २०८३,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘बिचौलिया’ प्रवेश गरी कर्मचारीलाई काम

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

ठगी, भ्रष्टाचार र मुद्दाको भुमरीमा पर्यटन क्षेत्र: यि हुन सुधारको बाटो !

अधिवक्ता तारा निधि पन्त नेपालको प्रमुख आयस्रोतका रूपमा स्थापित पर्यटन क्षेत्र अहिले गम्भीर कानुनी विवाद,

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह