कोरोना संक्रमित युवतीसँगै आएका १२५ जना प्रहरीको सम्पर्कमा

चैत ११, काठमाडौं : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक सय २५ यात्रुको पहिचान भएको छ। कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै जहाजमा आएकामध्ये एक सय २५ यात्रुको पहिचान भएको हो।  

प्रहरीका अनुसार चैत ४ गते कोरोना संक्रमित युवती आएकै कतार एयरवेजको जहाजमा उनीहरु नेपाल आएका थिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ती युवतीसँगै आएका यात्रुको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो।  

सोही अनुसार अध्यागमनले एक सय ५८ जनाको नाम सूची पठाएको उनले बताए। ती मध्ये एक सय २५ जनाको ठेगाना प्रहरीले पहिचान गरिएको हो। ‘उनीहरुको ठेगानाअनुसार स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, ‘सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको अनुगमनम प्रहरी र स्थानीय प्रशासनले गर्नेछ।’

क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरु सबैको स्वास्थ्य जाँचसमेत अनिवार्य गरिने प्रहरीले जनाएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले उनीहरुको ठेगाना भएको स्थनीय प्रहरीलाई पत्राचार गर्ने तयारी सुरु गरेको छ। बाँकी अन्य यात्रुको समेत ठेगाना पत्ता लगाउने कोसिस भइरहेको प्रहरीले जनाएको छ।

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका कोही व्यक्ति भए नजिकैको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थामा समेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। चैत ४ गते काठमाडौं उत्रिएकी ती युवतीको चैत ९ गते कारोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि सक्रियता देखाएको सकरकारले आजदेखि लागू हुनेगरी एक हप्तासम्मका लागि लकडाउनसमेत गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद