कोरोनाका कारण अमेरिकाद्वारा डाइभर्सिटी र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द

चैत ३, काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा र गैरआप्रवासी भिसा अप्वइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

us ammbasy

चैत ४ गते मंगलबार अर्थात् भोली देखि लागू हुनेगरी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । दूतावसले भन्यो,‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्नेछौँ तर यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ।’  

दूतावासले भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी समेत दिएको छ।

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अप्वइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद