March 15, 2020

अस्पतालबाट डिस्चार्ज भएको ३ दिनपछि भिडियो कन्फ्रेन्समा ओलीको सम्बोधन

मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएको तेस्रो दिनमा प्रधानमन्त्री केपी शर्मा ओली सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको भिडियो कन्फ्रेन्समा सहभागी हुन प्रधानमन्त्री ओली साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।

ओलीले भास्सिएको स्वरमा भिडियो कन्फ्रेन्सलाई सम्बोधन गरेका थिए ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले पहल गरिरहेको, वसन्त ऋतुमा हुने पर्वतारोहणका इजाजत रद्द गरिएको, सभा सम्मेलन स्थगित गरिएको जानकारी उनले गराए ।

टेली प्रम्टरमा हेरेर लिखित सम्बोधन गरेका ओली सम्बोधनको अन्तिम समयमा अल्मलिए । प्राविधिकहरूले केही बोलेको भिडियोमा सुनिएको थियो ।

पछिल्लो लाइनमा बसेका उनका सल्लाहकारले इशारा गरेपछि ओलीले बीचमै ओके भने अनि ‘थ्यान्क यु’ भनेर सम्बोधन टुंग्याए ।

उनी आफ्नो सम्बोधन सक्न नपाउँदै रोकिए या सम्बोधन सकिएपछि रोकिए भन्ने यकिन हुन सकेन । यद्यपि ओली बोल्दाबोल्दै थकित बनेका थिए, उनलाई बोल्न अप्ठ्यारो भएको सहजै अनुमान लगाउन सकिन्थ्यो ।

सम्बोधनका क्रममा ओलीले नेपालले कोरोनाविरुद्ध लड्नका लागि  गरेका प्रयासबारे जानकारी गराएका थिए । उनले कन्फ्रेन्सको आयोजना गरेकोमो भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । 

सम्बोधनका क्रममा मोदीको स्वास्थ्यलाभको कामना गरे । ओली झण्डै डेढ घण्टासम्म कन्फ्रेन्समा सहभागी भए । 

सबै सरकार प्रमुखको सम्बोधन सकिएपछिको समापन मन्तव्यमा पनि ओली सहभागी भए । ओलीले हात मिलाउन छाडेर नमस्ते गर्ने संस्कारमा लागि सरकारले आग्रह गरेको बताए । 

समापन मन्तव्यमा पनि ओलीको स्वर भास्सिएको सुनिएको थियो । 

भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित एक्सन रूममा लिकुइड स्यानिटाइजर छरिएको थियो ।

ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वाथ्यमन्त्री भनुभक्त ढकाल, प्रधनानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत कन्फ्रेन्समा सहभागी भए ।

१२ दिनको अस्पताल बसाइपछि ओली शुक्रवार बालुवाटार फर्केका थिए । अस्पतालबाट डिस्जार्च भएपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

डाक्टरहरूले उनलाई धेरै मानिस जमघट हुने कार्यक्रमा सहभागी नहुन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको