
परीक्षामा कम नबर ल्याएको भन्दै विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई शनिवार बिहान पक्रेको हो ।
कर्माचार्यले १० वर्षदेखि उक्त विद्यालयमा पढाइरहेकी थिइन् । प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेकी उनले आफूले नियतवश यातना नदिएको र उक्त घटनाबाट आफू दुखित बनेको प्रारम्भिक बयान दिएकी छिन् ।
‘यो घटनाबाट मा लज्जित छु, नियतवश मैले त्यस्तो कार्य गरेको होइन,’ उनको बयान उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘आवेग र आक्रोशमा यस्तो घटना हुन पुग्यो ।’ घटनाबारे विद्यालयका प्रिन्सिपल र अविभावकलाई बोलाएर प्रहरीले जानकारी लिएको छ ।
उनले बिहीवार कक्षा ६ का २५ र ७ का ९ जना विद्यार्थीले आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाएकी थिइन् । उनले हातमा ब्लेडले नचिरे आफैंले चिरिदिने धम्की दिएकी थिइन् ।
जति नम्बर कम आएको छ त्यति नै पटक हातमा चिर्न लगाइएको थियो । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई १५ पटकसम्म चिर्न लगाइएको थियो । त्यसको भोलिपल्ट शुक्रवार अविभावक आएर शिक्षिकाले आफ्ना छोराछोरीमाथि यातना दिएको भन्दै विद्यालयमा उजुरी गरेका थिए । त्यसपछि विद्यालयको आकस्मिक बैठकले कर्माचार्यलाई शुक्रवारै बर्खास्त गरेको थियो ।
यातना पाउनेमध्येकी कक्षा ६ की छात्रा विपासा गौतमका आफन्त प्रेम गौतमका अनुसार बिहीवार कम नम्बर ल्याउने विद्यार्थीलाई शिक्षिकाले जति नम्बर ल्याएको हो, त्यति नै आधारमा नाडीमा ब्लेडले चिर्न लगाएकी थिइन् ।
‘आन्तरिक परीक्षामा २० नम्बरमा कम्तीमा १५ ल्याउनुपर्ने, नभए हात काटिदिने धम्की शिक्षिकाले दिएकी रहिछन्,’ उनले भने, ‘घरमा यो कुरा भने चिरेको ठाउँमा नुन खुर्सानी दलिदिने भन्दै विद्यार्थीले हात रक्ताम्य हुँदा पनि घरमा यो नभनी बसेका रहेछन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत