हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ । श्रेष्ठ सिनामङ्गल डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो । साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ढुवानीका क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । जसमा पेट्रोलियम पदार्थ भर्ने र खन्याउने स्थानमा सुरक्षित तरिकाले ती साँचो राखिन्छ । ट्याङ्करलाई दिइँदैन । सिनामङ्गलस्थित डिपोबाट गायब गरिएका साँचोले ट्याङ्करबाट इन्धन चोरी हुन सक्ने भएपछि निगमले तत्काल इन्डियन आयल कर्पोरेसनसँग अनुरोध गरी साँचो सिल गर्ने व्यवस्था गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “साँचो हराएपछि तत्काल सिल गरी अर्को साँचोको व्यवस्था गरेका छौँ, साँचो हराए पनि तत्काललाई कुनै ‘रिक्स’ छैन, अनुसन्धान भइरहेको छ ।”
विशाल ओझाको संयोजकत्वमा समिति गठन गरी अनुसन्धान भइरहेको गोइतले जानकारी दिए । निगमका अनुसार प्रमुख दायित्व कार्यालय प्रमुखको नै हुन्छ । त्यसमाथि साँचो राख्ने दराजको पासवर्ड कार्यालय प्रमुखसँग मात्र हुन्छ । बिहान कामका लागि साँचो निकालेपछि साँझ थन्काइन्छ । कार्यालय प्रमुखले चाहे दैनिक रूपमा पासवर्ड परिवर्तन गर्न सकिन्छ । ती हराएका चार सय साँचो अहिलेसम्म भेटिएका छैनन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर