February 26, 2020

प्रहरी समायोजन वैशाखभित्रै

नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन ६ फागुनबाट लागू भइसकेको छ । ऐनमा उल्लेख भएअनुसार ७ चैतभित्रै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।

समायोजनका लागि गृहसचिव महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु गरिसकेको छ । मङ्गलबार बसेको समितिको पहिलो बैठकले समायोजन र दरबन्दीबारे छलफल अघि बढाएको हो ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र प्रदेश सरकारसँग आवश्यक पर्ने दरबन्दीसमेत मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर