February 26, 2020

सैनिक मुख्यालय ठडियो, कामदारको भने रित्तो हात

भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । आजको नेपाल समाचापत्र दैनिकमा समाचार छ ।

गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए ।

उिक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई दिएको थियो । तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको कामको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू