February 26, 2020

असारभित्रै रेल सञ्चालनमा ल्याइने

सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

जनशक्ति अभाव भएकाले यसअघिको घोषणाअनुसार रेल ल्याउन केही ढिलाइ भएको भन्दै विभागले फेब्रुअरीमा पहिलो र मार्चमा दोस्रो रेल ल्याउने गरी सम्झौता भए पनि जनशक्ति व्यावस्थापनमा समय लागेकोले ढिलो भएको जनाएको छ । रेल विभागका महानिर्देशक वलराम मिश्र भन्छन्, ‘हामीले समयमानै रेल सञ्चालनको लागि तयारी पूरा गरेका हौं, तर जनशक्ति अभाव र आन्तरिक प्रक्रिया पूरा गर्दा ढिलो हुने देखिएको छ ।’

गत शुक्रबारमात्र रेल विभागले विभिन्न ९ पदका लागि २६ जनशक्ति माग गर्दै सूचना जारी गरेको छ । माग गरेको समयभित्र पनि नेपालीबाट दरखास्त नआए विभागले विदेशी कर्मचारीको लागि पनि सूचना जारी गर्ने जनाएको छ । हाल करिब २ सय जनशक्तिको अभाव भए पनि पहिलो चरणमा विभागले २६ जनाको मात्रै माग गरिएको जानकारी दिएको छ । बाँकी कानुनी प्रक्रिया पूरा गरेर माग गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर