सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् ।
गत वर्ष प्रतितोला रु ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर