शिलान्यास भएको ४ महीना बितिसक्दा पनि मुलुककै पहिलो सुरुङमार्गका रूपमा प्रचारित नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माणको काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते शिलान्यास गरेका यस सुरुङमार्ग निर्माणको आधारभूत कामहरू नै हुन सकेका छैनन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।

सरकारकै असहयोगका कारण जग्गाप्राप्ति, साइट क्लियरेन्स, विस्फोटक पदार्थ आयात, उपकरण खरीदको स्वीकृति, बंकर निर्माण, सैनिक बस्ने क्याम्पका बारेमा निर्णय हुन सकेको छैन । सुरुङमार्गको मुख्य निर्माण शुरू हुनुअगावै अर्थात् कात्तिकपछिका ३ महीनामा यी कामहरू सम्पन्न भइसक्नुपर्ने थियो ।
मे अर्थात् जेठको दोस्रो हप्तादेखि सुरुङको प्वाल पार्ने काम शुरू गर्ने समयतालिका भए पनि यिनै कारणले तोकिएको समयमा उक्त काम शुरू हुन गार्हो हुने देखिएको छ ।
निकै तामाझामका साथ गरिएको शिलान्यास कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माण ३६ महीनामै सम्पन्न गरिने बताएका थिए ।
तर, सरकारले नीतिगत स्वीकृति दिन ढिला गरिदिँदा र त्यस क्षेत्रका सभासद्ले पनि पहल नगर्दा आयोजनाको ठेक्का पाएको हाज्मा÷आन्दो कर्पाेरेशन कम्पनीका कर्मचारीहरू २ महीनादेखि काम नगरी बसेका छन् भने उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् ।
सम्झौताअनुसार कम्पनीले रू. ४०–५० करोड दाबी गर्ने बेला भइसकेको आयोजना निर्देशक श्याम खरेलले बताए । आयोजनाको काम शुरू नहुँदा अहिले नै निर्माण कम्पनीले तोकिएको समयभन्दा थप २ महीना म्याद थप्नुपर्ने माग गरिसकेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर