February 24, 2020

प्रयोगकर्ताको रोजाइमा कम मूल्यका गाडी

सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनालले लेखेका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू वर्षको साउनदेखि माघ महीनासम्ममा संख्यात्मक रूपमा गाडी र मोटरसाइकलको आयात बढे पनि त्यसको आयातबापत बाहिरिने रकम भने घटेको छ । 

सरकारले पछिल्लो समय विलासी वस्तुको आयात नियन्त्रणको नीति लिएको छ । नेपाल राष्ट्र बैंकले गतवर्ष गाडीमा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो । त्यस्तै, केन्द्रीय बैंकले नै गत पुसमा कर तिरेको आयको ५० प्रतिशतभन्दा बढी किस्ता हुने रकम नदिन अर्को निर्देशन जारी ग¥यो ।

यो निर्देशनले महँगा गाडीको मागमा कमी आउन थालेकोे अटोमोबाइल व्यवसायीहरू बताउँछन् । मागमा कमी आउँदा त्यसको प्रभाव आयातमा देखिएको उनीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर