February 24, 2020

कोरोना प्रभावः औषधिको कच्चा पदार्थमा ५० प्रतिशत मूल्यवृद्धि

चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ । नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् ।

कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ । त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो । 

चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए ।

नेपाली औषधि उद्योगहरू कच्चा पदार्थका लागि भारतमै निर्भर रहने गरेकाले त्यहाँ मूल्यमा आउने उतारचढावले यहाँ प्रभाव पार्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर