एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।
चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै हुनुहुन्छ । एसिड आक्रमणपछि उनले पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ ।
उनले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लड्दैछु भनिन् ।
जुन बेला उनीमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो । मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उनी भने सामाजिक न्याय खोज्दै छन् । उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाएकी छैनन् ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड