February 22, 2020

केही दिन वर्षा हुने

काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

“पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भने । मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिए ।

शनिबार यसको प्रभाव केही भेगमा कायम रहँदै आइतबारदेखि मौसममा केही सुधार आउने सङ्केत रहेको महाशाखाले जनाएको छ तर यो क्रम केही दिन कायम रही फेरि बदलीको सङ्केत आइरहेको छ । अर्को हप्ताको केही दिन फेरि बदली र हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।

महाशाखाका अनुसार शुुक्रबार कतै सामान्य र कतै पूर्ण बदली भई मध्य र पूर्र्वी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनेछ । शनिबार आंशिकदेखि सामान्य बदली अवस्था रहने र हिमाली भेगमा हिमपात हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर