February 20, 2020

सञ्चार मन्त्री र माननीय साम्सदहरुको चरीत्र हत्या गर्ने मिश्रलाई साइबरक्राइमको कार्बाही गर्न निर्देशन

 फाल्गुन ८, काठमाडौं । सार्वजनिक लेखा समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरु विरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कार्वाही गर्न निर्देशन दिएको छ ।

बिहीबार समितिका सचिव रोजनाथ पाण्डेले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै विजय प्रकाश मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरुविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कार्वाही गर्न निर्देशन दिएका हुन् ।

समितिमा छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन रहेको विषयलाई अनावश्यक रुपमा सांसदहरुसँग जोडेर भ्रामक समाचार फैलाएर र चरित्र हत्या गर्ने प्रयास गरेको आरोप समेत समितिले लगाएको छ ।

 IMG_20200220_203246

मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् । जोसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै मन्त्री बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।  सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत मिश्रलाई विज्ञको रुपमा बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद