कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

स्थानीय रामलाल महर्जन भन्छन्, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उनले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताए ।
हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् ।
सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर