February 17, 2020

खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो

तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ । यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।

आव २०७५र७६ को यही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा प्राथमिक वस्तुसमूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।

सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर