February 10, 2020

कोरोनाको असर : पर्यटकीय गन्तव्य पोखरा सुनसान

चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको हो । चिनियाँ विमान कम्पनीले नेपाल उडान स्थगित गर्दा पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा नरहरि पौड्यालले लेखेका छन् ।

यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ । ‘कोरोनाको महामारीले सबैजसो बुकिङ रद्द भएका छन्,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए । 

चिनियाँ पर्यटक घट्दा होटलको अकुपेन्सी दरसमेत घटेको छ । ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ,’ तुलाचनले बताए । अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन् । हालका दिनहरूमा पोखरामा चिनियाँ मात्र होइन, अन्य विदेशी पर्यटकसमेत देख्न मुश्किल भएको पर्यटन व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर