माघ २६, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
![Joj:yflksf;+;bsf] laxLaf/sf] a}7s k|f/De x'gf;fy cfcfgf] :yfgaf6 p7]/ af]Ng kfpmF eGb} k|d'v k|ltkIfL g]kfnL sfFu|]; / ;+o'Qm nf]stflGqs dw];L df]rf{sf ;f+;b . tl:a/ M /Tg >]i7, /f;;](https://peoplenepal.com/wp-content/uploads/2020/02/nepali-congr1-300x200.jpg)
आइतबार दिउँसो १.४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन्।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको छ।
आइतबारको बैठकको प्रारम्भमै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले बोल्न खाजे पनि सभामुख सापकोटाले उनलाई बोल्ने समय नै नदिइ संसद बैठक स्थगित गरेको हुन्। सभामुखले कांग्रेसलाई यसअघिका दुई बैठकमा एउटै विषमा बोल्न दिएको भन्दै आइतबारको बैठकमा आफूले बोल्ने अनुमति नदिएको बताएका थिए।
संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले सदनलाई जानकारी दिए।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि