भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए ।
असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू. ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू