January 29, 2020

छ महिनाअगावै सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम द्रुत गतिमा

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हालसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण सम्पन्न भइसकेको, विमानस्थलसम्म पुग्ने सडक निर्माण र अन्य टर्मिनल भवनलगायत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख विनेश मुनकर्मीले बताए । विमानस्थलमा चिनियाँ तथा नेपाली कामदारले काम गरिरहेका छन् ।

विमानस्थलमा रन–वे निर्माणको काम सकिएपछि अहिले टर्मिनल भवन, यात्रुका लागि जहाज चढ्ने र ओर्लेन स्थान, ट्याक्सी पार्किङ, वरिपरि नाला निर्माण, ह्याङ्गर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण छिटो सक्ने नाममा त्यसको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने निर्माण कम्पनीले जनाएको छ । मासिक चार लाख ६८ हजार यात्रु क्षमताको टर्मिनल भवन निर्माण हुने उक्त विमानस्थलको कुल १४ हजार स्क्वायर मिटरको टर्मिनल भवनमध्ये आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि छुट्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सो सरहका विमानले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको समस्या भएकाले विमानस्थल निर्माणपछि कुन रुटबाट विमान आउजाउ गर्ने भन्ने अन्योल भए पनि त्यसबारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर