काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन्।

नवनिर्वाचित सभामुखलाई बधाई दिनका लागि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका हुन्।
‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुकाे कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमाेदनका लागि प्रतिक्षा गरिरहेकाे एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’
उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए।
‘अलिकति विलम्ब भइसकेका छौं। सभामुख चयनमा विलम्ब भइसक्यौं’ उनले भने, ‘अब सरकार र संसद दुवैले कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ, नत्र हामी पछाडि पर्छौं।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि