एमसीसी सम्झौता छिट्टै अनुमोदन गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन्।

Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, speaks at the parliament where he announced his resignation in Kathmandu, Nepal, July 24, 2016. REUTERS/Navesh Chitrakar  - S1BETRLCBQAA

नवनिर्वाचित सभामुखलाई बधाई दिनका लागि मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका हुन्।

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरुबाट पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुकाे कार्यकाल गुजार्दै अगाडि बढेको र अहिले संसदसमक्ष अनुमाेदनका लागि प्रतिक्षा गरिरहेकाे एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु।’

उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए।

‘अलिकति विलम्ब भइसकेका छौं। सभामुख चयनमा विलम्ब भइसक्यौं’ उनले भने, ‘अब सरकार र संसद दुवैले कामहरुलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ, नत्र हामी पछाडि पर्छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद