January 26, 2020

उपभोक्ता ठगी गर्नेलाई तत्कालै तीन लाख रुपियाँसम्म जरिवाना

अब सरकारको बजार निरीक्षण अधिकृतले उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि तत्कालै तीन लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियावली २०७६ अनुसार कुनै वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावटलगायत ढाँटी, लुकाइछिपाई वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्रीवितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै दुई लाखदेखि तीन लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने छ ।

नियमावली आएसँगै यो अधिकार अब (स्थानीय, प्रदेश र सङ्घीय) गरी तीनै तहको सरकारअन्तर्गत रहेका बजार निरीक्षक अधिकृतलाई हुने छ । ऐनले बजार अनुगमन गर्ने अधिकार तीनै तहका सरकारलाई दिए पनि नियमावली नआएकाले बजार अनुगमन सङ्घीय सरकार मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको थियो । नियमावली आएसँगै बजार अनुगमनको अधिकार तीनै तहको सरकारले आ–आफ्नो आवश्यकताका आधारमा नियमावली र निर्देशिका बनाएर लागू गर्नसक्ने छन् । सङ्घमा बजार अनुगमन गर्ने अधिकार पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक र स्थानीय सरकारमा उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन गरिने व्यवस्था नियमावलीमा गरिएको छ । नियमावलीले अतिआवश्यकीय उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले मूल्य निर्धारण गरेपछि त्यसका आधारमा प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा बजार निरीक्षक अधिकृत तोेकेर अनुगमन गर्नसक्ने छन् ।

यसअघिको उपभोक्ता संरक्षण ऐन वा नियमावलीमा बजार निरीक्षण अधिकृतले अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएमा कारबाहीका लागि सम्बन्धित जिल्ला अधिकारीसमक्ष सिफारिस गर्नसक्ने मात्रै थियो ।

तीन तहका सरकारबाट बजार अनुगमन गर्नसक्ने व्यवस्थासहितको उपभोक्ता संरक्षण नियावली २०७६ कार्यान्वयनमा आएको छ । अघिल्लो साता मन्त्रिपरिषद्बाट उपभोक्ता संरक्षण ऐन जारी गरेको डेढ वर्षपछि यसको नियमावली स्वीकृत भएको हो । उक्त नियमावली मन्त्रिपरिषद्ले अघिल्लो साता स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर