प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ । चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने सरकारको लक्ष्य थियो । तर, मंसीरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीमा मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले बताएको छ ।
तरकारीमा मात्रै ४० प्रतिशतले मूल्य बढेका कारण समग्र मूल्य वृद्धिमा चाप परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । साथै, भारतको मूल्य वृद्धि बढेका कारण नेपालमा महँगी बढेको उनको तर्क छ । भारतले चालू आवमा मूल्य वृद्धिको सीमा ४ प्रतिशत राखेको थियो । तर, भारतमा मूल्य वृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर