सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल (एजी)सँग आशयपत्र (आरएफपी) माग गरेको छ । यो समाचार आजको आर्थिक अभियानमा काशीराम बजगाईले लेखेका छन् ।

शुक्रबार सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो । यसअघि यो विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल)मा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर