January 17, 2020

धेरैलाई अचम्ममा पारेर एक्कासी बल्न थाले ट्राफिक बत्ती, वैशाखसम्म २९ स्थानमा बाल्ने तयारी

काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना पारित गरेर प्रभावकारी नतिजा देखाउने गरी काम थालेको हो । यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेर अहिले ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । 
कार्ययोजनामा कुन काम, कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने पनि तोकिएको छ ।

कार्ययोजनामा पुस मसान्तभित्र काठमाडौंका नौ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्ने उल्लेख छ । त्यसै कार्ययोजनालाई कार्यान्वयन गर्दै सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले हाल ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएको छ ।‘‘हाल काठमाडौंका ११ स्थानमा बत्ती सञ्चालनमा गर्न सफल भएका छौं, अन्य ५–६ स्थानमा पनि चाँडै सञ्चालनमा आउने अवस्था छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने ।

कार्ययोजनाअनुसार आगामी वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्नेछ भने असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात गरिसक्नपर्नेछ ।

ट्राफिक प्रमुख ढकाल वैशाखसम्म २९ स्थानमा बत्ती सञ्चालन गर्ने गरी काम अघि बढेको बताउँछन् । मुख्य सडकमा ट्राफिक बत्ती सञ्चालन हुनु ठूलो उपलब्धि भएको उनले बताए । काठमाडौं उपत्यकामा ट्राफिक बत्ती अभावमा लामो समयदेखि ट्राफिक प्रहरी हातको भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य हुँदै आएका छन् । ट्राफिक बत्तीको अभावमा सर्वसाधारण तथा सवारी चालकले पनि अनावश्यक दुःख खेप्नुपरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर