January 17, 2020

सर्वोच्चको नयाँ नजिरः पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन नपरे पनि सर्वोच्च अदालतले सफाइ दिने नौलो प्रचलनको शुरुआत गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

 

supreme-court-nepal

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयाँललको संयुक्त इजलासले मानव बेचबिखन मुद्दामा तल्ला अदालतले १० वर्ष कैद गरेका प्रतिवादी सुर्खेतको राकम गाउँपालिका –६ सेतुटोल बस्ने शोभा वादीलाई सफाइ दिएको हो ।

दोषी ठहर भएका प्रतिवादीको पुनरावेदन नपरे पनि प्रमाणका आधारमा सफाइ दिएको यो घटना सर्वोच्च अदालत आफैले नौलो र पेचिलो हुन सक्ने उल्लेख गरेको छ । सो मुद्दाको गत साउन ९ गते फैसला गरिएको भए पनि बिहीबार मात्र पूर्ण पाठ तयार भएको हो ।

विसं २०६८ साल जेठ २७ गते सुर्खेतको सल्लीबजारबाट प्रतिवादी शोभालगायतका व्यक्तिले पानकुमारी (नाम परिवर्तन)लाई बस चढाई भारतको दिल्ली  पुर्‍याएर बेचेको आरोपमा मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर