तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा एमके माझीले लेखेका छन् ।
स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ ।
उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू