January 14, 2020

चाकुले तताउँछ जाडोमा शरीर

नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्त्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Chaku_Making_photo_story__19_ZMSrb53QTd

माघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

उनले माघे सङ्क्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भनेन्नुभयो, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । ”

नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थपे, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ । ”

टोखाका चाकु उत्पादक राजकुमार श्रेष्ठलाई माघे सङ्क्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उनीहाँ भन्छन्, “चाकु बनाउ १५ दिन अघिबाटै व्यस्त हुनुपर्छ । ” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिए ।

यता पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिइन् । उनी बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू