प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन ।
शनिबार सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो तर तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्षले निर्णयबारे जानकारी दिन पुनः आइतबार बिहान उनलाई बैठकमा बोलाएका थिए । पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद् परेको छ ।
उपसभामुखको प्रतिक्रियापछि दुई अध्यक्षले पुनः पार्टी निर्णयमा सहयोग गर्न आग्रह गरेका थिए । निर्णयबारे तुम्बाहाङ्फेले आफ्नो धारणासमेत दुई नेतालाई सुनाएकी छन् । परामर्श बैठकमा दुई अध्यक्षलाई पार्टी निर्णयबारे आफ्नो जवाफ दिएको भेटपछि तुम्बाहाङ्फेले बताइन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर