
पुस १९, काठमाडौं । राजधानी आसपासको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरीमा हिउँ परेको छ । हिजोदेखि परेको वर्षापछि अहिले चन्द्रागिरी आसपासमा हिउँपरेको हो ।
शनिबार चन्द्रागिरीमा हिउँ खेल्न जानेहरु रमाईरहेका छन् । हिउँले चिन्द्रागिरी डाँडा र चन्द्रागिरी हिल्स ढकमक्क छ ।

बालबालिका देखि युवायुवतिहरु हिउँको मज्जा लिन चन्द्रागिरी पुगेका छन् । दुई दिन यता उपत्यकामा एक्कासी चिसो बढेको छ । हिजोदेखि परेको सिमसिम वर्षाले राजधानीमा चिसो बढाएको छ ।
चिसोले राजधानीको जनजिवन प्रभावित भएको छ । शनिबार सडकमा मोटरसाइकलहरु कम चलेका छन् ।
शनिबार विहानपनि घाम खासै लागेन । अपरान्हपछि चिसो बढेसँगै चन्द्रागिरी, फुलचौकी आसपासमा हिउँ परेको छ ।
मौसम विभागले आगामी केहि दिन मुलकभर अत्याधिक चिसो बढ्ने अनुमान गरेको छ ।


पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद