भूकम्प प्रतिरोधी ४६ विद्यालय भवन निर्माण

पुष ०५, काठमाडौँ : जिल्लामा परराष्ट्र मन्त्रालय जापान तथा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्रले भूकम्पपछि करोडौँको लगानीमा ४६ भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेको छ । यो वर्ष मात्रै जिल्लाका विभिन्न विद्यालयका १० उक्त भवन निर्माण गरिएका छन् ।

makalu punarnirman

सिडिसीका परियोजना संयोजक प्रयागराज कापडीअनुसार सामुदायिक विकास केन्द्रले जिल्लाका दुर्गा आधुरभूत विद्यालय पाकरी, सरस्वती आधारभूत लामीखाल, भैरव आधारभूत विद्यालय लामीखाल, दुर्गा आधारभूत विद्यालय देहीमाडौँ, लक्ष्मी आधारभूत विद्यालय काँडी, तामेश्वर आधारभूत विद्यालय सिर्मा, कालिका आधारभूत विद्यालय कम्थडा, महाकाली माध्यमिक विद्यालय अलैतवडा र हिमालय आधारभूत विद्यालय दल्लेकमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको छ ।  

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले सामुदायिक विकास केन्द्रले भूकम्प प्रतिरोधी भवन निर्माणसँगै समग्र जिल्लाको शैक्षिक गुणस्तर विकासमा लामो समयदेखि उल्लेख्य भूमिका खेलिरहेको बताए । यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित आधुनिक भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण गरिएको छ । रु ६५ लाख ९६ हजार ३७२ को लागतमा निर्माण गरिएको दुईकोठे विद्यालय भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।  

निर्माण गरिएको उक्त विद्यालय भवन भूकम्प प्रतिरोधका लागि उपयुक्त भएको वल्र्डभिजन इन्टरनेशनल नेपालका कम्युनिटी चेन्ज संयोजक देवेन्द्र गुरुङले बताउए । उक्त विद्यालयमा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय तथा बालमैत्री खानेपानीका धारा निर्माण गरिएका छन् । विद्यालयका प्रधानाध्यापक सुरज खड्काले नयाँ भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताए। उक्त विद्यालयमा ३३० विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन