प्रहरीले पत्रकारलाई कुटेको विरोधमा दशरथ रंगशालामा प्रदर्शन

काठमाडौं, मंसिर २४ : मंगलबार बिहान प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको विरोधमा प्रदर्शन भएको छ।

157597352779886265_598305020907096_33849

१३ औं सागको फुटबल अन्तर्गत नेपाल र भुटानबीच जारी खेलको हाम टाइममा खेलकुद पत्रकार र अन्यले विरोध प्रदर्शन गरेका हुन्।

साग फुटबल फाइनलको टिकटका विषय विवाद हुँदा मंगलबार बिहान प्रहरीको झडपबाट नागरिक दैनिक पत्रकार घाइते भएका थिए।

यसअघि सोमबार राष्ट्रिय खेलकुद परिषद्ले विक्रीका लागि खुला गरिएको ८ हजार टिकट नै विक्री भएका थिए।

फुटबल फाइनलसँगै समापन समारोह पनि हुने भएकाले यसअघिका खेलहरूमा भन्दा राखेपले कम टिकट विक्रीमा राखेको थियो।

त्यस्तै, राखेपले टिकटदर दोब्बर पार्दै भिआइपी प्याराफिटका लागि २ हजार र सर्वसाधारण बस्ने प्याराफिटतर्फ १ हजार कायम गरेको थियो।

राखेपका अनुसार फुटबल फाइनलसँगै समापन समारोह हुने भएका कारण टिकटदर वृद्धि गरिएको हो। राखेपले ४ हजार सिट भने खेलाडी र भिआइपीका लागि राखेको छ।

समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन