फर्किए परराष्ट्र मन्त्री, ‘रुसी राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो’

काठमाडौं । रुस र सर्बियाको भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन त्यसतर्फ गएका परराष्ट्र मन्त्री ज्ञवालीले ११ गते रुस र १२-१३ गते सर्बियाको भ्रमण गर्ने कार्यतालिका थियो । तर, मन्त्री ज्ञवाली भ्रमण छोट्याएर शुक्रबार स्वदेश फर्किएका हुन् ।

उनले देशभित्र विकसित परिस्थितिलाई ध्यानमा राखेर भ्रमण छोट्याएको बताएका छन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।”

उनले राजनीतिक सम्बन्ध सुधार, व्यापार प्रबर्द्धन, उर्जामा सहकार्य, भौतिक पूर्वाधार, लगानी भित्र्याउने र राजनीतिक सुधारका विषयमा विचार आदानप्रदान गरेको बताए । 

रुसी विदेशमन्त्री लाभ्रोभले यूएन मिसनको शान्ति मिसनमा नेपालको भूमिकाको प्रशंसा गरेको पनि परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले कस्तो परिस्थितिबारे भन्‍ने विषय भने खुलाएनन् । रुस भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र रुसका राष्ट्रपति भलाद्मीर पुटिन र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पत्र त्यहाँका प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई दिएको जानकारी दिए । 

उनले भने, “नेपाल भ्रमणका लागि अनुकुल वातावरण गर्ने विषयमा पनि रुसी पक्षलाई मैले आश्वस्त पारेको छु ।”

उनले आगामी चैतमा हुने सगरमाथा संवादका लागि रुसका विदेशमन्त्री सर्जेई लाभ्रोभलाई नेपाल भ्रमणको निम्तो पठाएकोसमेत जानकारी गराए । 

उनले नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट भने कुनै औपचारिक जवाफ नदिएको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन