‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न सबै सवारी साधनलाई अनुरोध

मंसिर ३,काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

visit-nepal-2020-

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे ।

उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्त संहारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका सञ्चालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो ।

महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्ने तर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै महासचिव सिटौलाले सरकारले सडकको उचित व्यवस्थापन गर्नुपर्ने आग्रह गरे । सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताए ।

महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधानको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने