भारतीय मिडियामा तरंग : “कालापानीबारे प्रधानमन्त्री ओलीले देखाए रवाफ”

काठमाडौं, मंसिर २ : लापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तरंग देखिएको छ ।

1574064294kp

आइतवार राजधानीमा राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरेका छन् ।

इन्डियन एक्सप्रेसले त ब्याक अफ इन्डिया लेखेको बोर्डसहित नेपाली भण्डा फहराएको तस्वीर पनि राखेको छ ।

इन्डियन एक्सप्रेसले ‘नक्सा विवाद : नेपालका प्रधानमन्त्रीले कालापानीमा गरे दाबी, भारतलाई फिर्ता हुन आग्रह’ शीर्षकमा समाचार छापेको छ ।

उसले भारतले नयाँ नक्सा जारी गरेपछि देखिएको विवादका सन्दर्भमा ओलीको यो पहिलो अभिव्यक्ति भएको उल्लेख गरेको छ ।

कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता लैजान आग्रह गरिएको समाचारमा उल्लेख छ ।

बीबीसी हिन्दीले ‘भारत से कालापानी विवाद पर नेपाली पीएम ओली बोले- ‘एक इंच भी ज़मीन नहीं मिलेगी‘ शीर्षकमा समाचार छापेको छ ।

उक्त समाचारमा भनिएको छ:नेपालमा बढ्दो विरोध प्रदर्शनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भनेका छन्, ‘कालापानी नेपाल, भारत र तीब्बतको त्रिदेशीय विन्दु हो, यहाँबाट भारतले तत्काल आफ्नो सैनिक हटाउनुपर्छ ।’

ओलीको अभिव्यक्ति भनेर उक्त कुरा कोट गरिएपनि नेपाल–भारत–चीन त्रिदेशीय विन्दु कालापानी नभएर लिम्पियाधुरा हो ।

कालापानी नेपालको सार्वभौम भूमि हो, लिपुलेक नेपाल र चीनबीचको सीमा नाका हो भने लिम्पियाधुरा त्रिदेशीय विन्दु हुनुपर्ने दाबी नेपाली पक्षको छ ।

***

आजतकको अनलाइन संस्करणमा ‘कालापानी पर नेपाल PM ने दिखाए भारत को तेवर- एक इंच जमीन भी नहीं देंगे‘ शीर्षकमा समाचार छापिएको छ ।

आजतकले पनि बीबीसी हिन्दीजस्तै कालापानी नेपाल–भारत–चीन त्रिदेशीय विन्दु भएको दाबी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भनी तथ्य मोडेर समाचार प्रकाशित गरेको छ ।

अमर उजाला दैनिकले ‘कालापानी से भारतीय सैनिकों को हटाएंगे’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ ।

भारतीय दूतावास अघि प्रदर्शन भएको कुरा समेत उल्लेख गर्दै समाचारमा नक्सा जसले पनि छाप्न सक्छ, तर नेपाली भूमिमा नेपालकै सेना रहन्छ भनेर प्रधानमन्त्री ओलीले भनेको उल्लेख छ ।

 

अमर उजालाको अनलाइन संस्करण लेख्छ – नेपाल के प्रधानमंत्री ओली का एलान, काला पानी इलाके से हटाए जाएंगे भारतीय सैनिक ।

पञ्जाब केशरीले ‘कालापानी को लेकर भारत को आंखें दिखा रहा नेपाल, PM ओली ने किया बडा ऐलान’ शीर्षकमा समाचार छापेको छ ।

‘कालापानी मुद्दे को लेकर नेपाल भारत को आंखें दिखाने पर उतर आया है‘ समाचारको लीड लाइनमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि