ओली सरकारले सीमा अतिक्रमणमा मतलब नै गरेनः सभापति देउवा

ओली सरकारले सीमा अतिक्रमणमा मतलब नै गरेनः सभापति देउवाकञ्चनपुर । नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले भारतसँग भएको महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको बताएका छन् । 

नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गरे । 

“हामीले महाकाली सन्धी गरेका बेला महाकाली सीमा नदी भनिएको छ । पानी पनि आधा आधा हक लाग्छ भनेर सिद्धान्त तहैमा पास भएको हो,” उनले भने, “लिखित नै छ त्यहाँ । सीमा नदी भएकाले उद्गम स्थलबाटै पूर्व नेपाली भूमि हो ।”

सभापति देउवाले सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिएपनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गरे । उनले राष्ट्रवादको नारा दिने ओली सरकारलाई लम्पसारवादको संज्ञा दिए । 

“कम्युनिस्ट सरकारले मतलबै गर्दैन । राष्ट्रवादको नारा दिने, काम नगर्ने ? काम त गर्नु पर्यो,” देउवाले भने, “सरकारले गर्ने काममा हाम्रो समर्थन हुन्छ भनेकै छौं । राष्ट्रवादको नारा दिने, लम्पसारवाद हुने ?”

उनले आफू प्रधानमन्त्री हुँदा अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक पहल गरेको पनि दाबी गरे । चार पटक देशको प्रधानमन्त्री हुँदा मतलब नगर्ने, अहिले चर्को रुपमा कालापानी बिबाद उठाउने ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा देउवाले प्रतिप्रश्न गरे, “मैले भनेकै हो । आज पनि भन्दैछु । कूटनीतिक पहल गरेको छ । सन्धीमा लेखेको आधा पानी भनेको के हो ?”

पूर्वप्रधानमन्त्री देउवाले कञ्चनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरिरहेको आफ्नो पूरानै आरोप दोहोर्याए । “वास्तवमा हत्यारा लुकाउन लागेका छन् । बचाउन खोजेका छन् । सरकार नै हत्यारा संरक्षण गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि