प्याज किलोको दुई सय रुपैयाँ !

डडेल्धुरा  । केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ ।benefits_of_onion

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिए । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताए । 
    
भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन् । भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने