
कार्तिक २०, रौतहट । तीन दिनदेखि जारी नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान बिहिबार सकिएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा आज जिल्ला अदाललत रौतहटमा उनको बयान सकिएको हो ।
अदालतमा बयान सकिएसँगै अव उनको थुनछेक बहस चल्नेछ । जसमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।
आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो । बयानको क्रममा आज अदालतमा पेश भएको तेस्रो दिन उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । जसमा उनले अधिकांश प्रश्नको इन्कारी जवाफ दिएका दिएका छन् ।
१२ वर्ष अघि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनलाई असोज २६ गते प्रहरीले पक्राउ गरिएकाे थियाे। यस अभियोगमा उनीमाथी जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन