November 3, 2019

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक

नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ । नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भने दुर्लभ एकसिङे गैँडा आफैँ पर्यटकलाई आकर्षित गर्दैछन् । चितवन राष्ट्रिय निकुञ्ज छोएर बग्ने राप्ती नदी किनारमा रहेको सौराहामा पर्यटक आउने सिजनसँगै जङ्गलबाट पर्यटक नगर विचरण गर्ने दुर्लभ गैँडाको सङ्ख्या पनि बढ्दै गएको छ । बिहीबार बिहान जर्मनी, अमेरिका, बेलायत, भारतलगायत देशबाट सौराहा घुम्न आएका पर्यटकले जङ्गल नै नपसी नगरमै दुर्लभ गैँडा अवलोकन गर्न पाए ।

जङ्गल सफारीमा जाने तरखर चल्दै गर्दा ठूलो भाले गैँडा एकाबिहानै नगर पसेपछि पर्यटकले सफारी जाने जिप छाडे । होटलका पर्खाल र सुरक्षित स्थानबाट खेतमा पसेको गैँडा हेरे । फोटोमा दुर्लभ एकसिङे गैँडालाई कैद गरे । कतिले सेल्फी पनि खिच्न भ्याए । धान काटिसकेको बाँझो खेतका छेउछाउ र होटलका तारबारबाट लर्किरहेका हरिया लहरा, रूखका डालीलाई आहरा बनाउँदै गैँडा अगाडि बढ्यो । “यता फर्क यता फर्क”, जर्मन नागरिकले आफ्नै भाषामा भन्दै थिए, “धेरै यता नआऊ है, फेरि मलाई सिङले घोप्लाऊ नि । ”

विदेशी पर्यटक बोलाउँदै गैँडा अवलोकन गराउन तल्लीन पर्यटन व्यवसायी शिरलाल परियारले पर्यटकले बोलेका कुरा उल्था गरेर सुनाउनुभयो । गैँडा नगर पसेपछि पर्यटकलाई निकै सहज भएको उनी बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसँगै सौराहाको पर्यटन प्रवद्र्धनमा गैँडाले सघाइरहेको परियारको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर